शनिबार, जेठ ५, २०८१

मकवानपुरमा गठबन्धनको भागबण्डा टुंगियो

मेरोन्यूज २०७९ वैशाख ११ गते १९:४८

काठमाडौँ । मकवानपुरमा सत्ता गठबन्धन दलले आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुंगो लगाएका छन् ।

Advertisement

नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार हेटौँडामा बसेको प्रदेश स्तरीय गठबन्धन बैठकले उम्मेदवारीको भागबण्डा टुंगो लगाएको हो । मकवानपुरमा पाँच स्थानीय तहमा कांग्रेस, तीनमा नेकपा माओवादी केन्द्र र दुईमा नेकपा एकीकृत समावजादीलाई प्रमुख पद बाँडफाँट गरिएको छ ।

कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरि, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख-अध्यक्ष तथा माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुख-अध्यक्ष तथा एकीकृत समाजवादीलाई हेटौँडा उपमहानगरका प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।

उपप्रमुख-उपाध्यक्षमा कांग्रेसलाई हेटौँडा, थाहा, भीमफेदी, इन्द्रसरोवर र बागमती तथा माओवादी केन्द्रलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैयामा उपप्रमुख-उपाध्यक्ष पद दिने सहमति भएको छ ।

प्रतिक्रिया