शनिबार, जेठ ५, २०८१

पोखराको मेयरमा ११ जनाले दिए उम्मेद्वारी, ठूला पार्टीबाट बाँकी

मेरोन्यूज २०७९ वैशाख ११ गते १९:१४

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरका लागि आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले नाम दर्ता गरेका हुन् ।

Advertisement

राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । पार्टीबाट पाँच जनाले उम्मेदवारी दर्ता गर्दा स्वतन्त्रबाट ६ जनाले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सिना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बाँस्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरेका छन् । जसमा सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रबाट सोममाया विकको नाम दर्ता भएको कार्यालयले जनाएको छ ।

मुख्य पार्टीहरूको तर्फबाट सोमबार मात्रै उम्मेद्वारी दर्ता हुने भएको छ । गठबन्धन र एमालेले अझै उम्मेद्वार टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया