शनिबार, जेठ ५, २०८१

बुटवलमा एक दम्पतीको शव फेला

मेरोन्यूज २०७९ वैशाख ११ गते १८:४७

रुपन्देही । बुटवलको शिवनगर वनमा एक दम्पतीको शव फेला परेको छ ।

Advertisement

मृतक दम्पती बुटवल उपमहानगरपालिका ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु गत ६ गते घरबाट निस्केका थिए । घर नफर्किएपछि खोज्दै जाँदा शव भेटिएको प्रहरीले जनाएको हो । शव नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

उनीहरू छोरी र बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया