बुधबार, वैशाख १२, २०८१

बुद्ध एयरको विमानमा १० हजार ८ सय अमेरिकी डलर फेला

मेरोन्यूज २०७९ वैशाख ११ गते १८:१४

काठमाडौँ । भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजमा बेवारिसे अवस्थामा अमेरिकी डलर फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा सय दरका १०८ थान नोट भेटिएको हो ।

जसअनुसार सो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो ।

प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागम पठाएको छ ।

प्रतिक्रिया