शनिबार, जेठ ५, २०८१

काभ्रेमा मिल्यो गठबन्धनको भागबण्डा

मेरोन्यूज २०७९ वैशाख ११ गते १७:४२

काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनबीच काभ्रेमा बागबण्डा मिलेको छ ।

Advertisement

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका पाएको छ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिका पाएको छ भने नेकपा माओवादी केन्द्रले ४ गाउँपालिका पाएको छ ।

प्रतिक्रिया