शनिबार, जेठ ५, २०८१

कांग्रेसबाट महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा देउवाको काँधमा

मेरोन्यूज २०७९ वैशाख ११ गते १६:५७

काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा सभापति शेरबहादुर देउवाको काँधमा आएको छ ।

Advertisement

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

बैठकले महानगरको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेको थियो । तर, अन्तिम अवस्थामा देउवालाई टिकट वितरणको पूर्ण अधिकारी दिने भएको हो ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाएको छ । यस्तै, वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।

यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने भएको छ भने जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयर पाएको छ ।

प्रतिक्रिया