शनिबार, जेठ ५, २०८१

‘डोजरले भत्कायो भन्दैमा विकास भयो भन्ने भ्रम चिर्नु छ’

मेरोन्यूज २०७९ वैशाख ११ गते १५:३८

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले आफूहरूले जनताले नै देश विकास गर्ने बताए । पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आफूहरूले ठूलो सपना दिने भन्दा देश विकासमा युवालाई शिक्षा दिने बताए ।

Advertisement

‘लोकतन्त्रलाई घर दैलोमा लैजाने र विकास माथिबाट हैन तलबाट नै गर्ने हो भन्ने शिक्षा दिने हो,’ डा. भट्टराईले भने, ‘हामीले अरूको जस्तो ठूलो सपना बाड्न खोजेका छैनौँ ।’

यस क्रममा उनले गाउँमा देखा परेको डोजर विकास अन्त्य गर्ने बताए । उनले भने, ‘डोजरले जहाँ भत्कायो, त्यहाँ विकास भयो भन्ने भ्रम चिर्नु छ ।’

प्रतिक्रिया