शनिबार, जेठ ५, २०८१

भरतपुरमा कांग्रेसका पूर्व सांसद पौडेलले मेयरको उम्मेदवारी दिने

मेरोन्यूज २०७९ वैशाख ११ गते १५:२७

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट उनले उम्मेदवारी दिने भएका हुन् ।

Advertisement

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताले विरोध जनाउँदै आएका थिए ।

उनले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

प्रतिक्रिया