शनिबार, जेठ ५, २०८१

१४ करोडभन्दा बढी मूल्यको हिरोइनसहित दुई पक्राउ

मेरोन्यूज २०७९ वैशाख ११ गते १५:११

काठमाडौँ । करिब ७ किलो सेतो हेरोइनसहित विदेशी नागरिक पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौँ ल्याएको उक्त हेरोइन प्रहरीले बरामद गरेको हो ।

Advertisement

वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुई र जाम्बिया घर भएकी ३५ वर्षीया कापुटुलालाई पक्राउ गरेको हो ।

सुटकेशमा फल्स बटना बनाएर काठमाडौँसम्म ल्याएको उक्त हेरोइनको अवैध बजार मूल्य १४ करोड रुपैयाँ रहेको ब्यूरोले जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया