शनिबार, जेठ ५, २०८१

ललितपुरमा गठबन्धनबाट नेकपा एस र जसपा ‘आउट’

मेरोन्यूज २०७९ वैशाख ११ गते १४:५८

ललितपुर । आगामी ३० गते हुने पालिकाको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ ।

Advertisement

६ वटा स्थानीय तह रहेको ललितपुरमा चार वटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ‘आउट’ भएको छ ।

ललितपुर महानगर, गोदावरी नगर, बागमती नगर र महांकाल गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगर र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१, ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

२, गोदावरी नगरपालिका
प्रमुख : नेपाली काग्रेस
उपप्रमुख : नेपाली काग्रेस

३, महालक्ष्मी नगरपालिका
प्रमुख : नेकपा माओवादी केन्द्र
उपप्रमुख : नेपाली कांग्रेस

४, कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस

५, बागमती गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

६, महांकाल गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

प्रतिक्रिया