शनिबार, जेठ ५, २०८१

मेयर र उपमेयर उम्मेदवार टुंग्याउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

मेरोन्यूज २०७९ वैशाख ११ गते ११:५१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

Advertisement

आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेपनि कांग्रेसले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो ।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आजै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्ने पदाधिकारीले बताए ।

प्रतिक्रिया