शनिबार, जेठ ५, २०८१

मेलम्चीकाे पानी काठमाडौं उपत्यकामा वितरण सुरु

मेरोन्यूज २०७९ वैशाख ११ गते १०:३०

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ ।

Advertisement

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।
सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पठाइएको थियो । तर आजबाट पानी वितरण थालिएको हो ।

प्रतिक्रिया