शनिबार, जेठ ५, २०८१

रूख ढल्दा सात बालक घाइते

मेरोन्यूज २०७९ वैशाख १० गते २०:५५

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका ८ मा काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Advertisement

घाइते हुनेमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् । उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन् । घाइते बालकको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया