शनिबार, जेठ ५, २०८१

धनकुटाको पाख्रीबासमा राई र चौबिसेमा चेम्जोङ एमालेबाट प्रमुखमा सर्वसम्मत

मेरोन्यूज २०७९ वैशाख १० गते १९:५५

धनकुटा । नेकपा एमाले धनकुटाले आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाख्रीबास नगरपालिका र चौबिसे गाउँपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुंग्याएको छ ।

Advertisement

धनकुटाको पाख्रीबास नगरपालिका एमाले धनकुटाका सचिवालय सदस्य भीम राईलाई मेयरमा उठाउने निर्णय गरेको छ । उपमेयरमा जिल्ला सदस्य नम्रता देउजालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पाख्रीबास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमको प्रस्ताव र वर्तमान मेयर बिर्खबहादुर राईको समर्थनमा राईले मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

मेयरका उम्मेदवार राई २०५४ सालको स्थानीय निर्वाचनमा फलाँटे गाविसका अध्यक्ष निर्वाचित भएका थिए । शालिन र भद्र स्वभावका राईलाई मेयर बनाउन बहुमत वडाको सिफारिस आएको थियो । त्यस्तै उपमेयरका उम्मेदवार देउजा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका थिए ।

यस्तै चौबिसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगरलाई सर्वसम्मत सिफारिस गरेका छ । चेम्जोङ एमाले चौबिसे गाउँपालिका कमिटी अध्यक्ष हुन् ।

यसअघि नै एमालेले धनकुटा नगरपालिकाको मेयरमा वर्तमान मेयर चिन्तन तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।

प्रतिक्रिया