शनिबार, जेठ ५, २०८१

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी

मेरोन्यूज २०७९ वैशाख १० गते ११:२५

 जुम्ला । जिल्लाकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै  गाडी फिर्ता गरेका छन । अ‌ाफूले प्रयोग गर्दै अ‌ाएकाे गाडी फिर्ता गर्नु  नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।

Advertisement

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।

‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन  । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो’,  न्यौपानेले भने । 

प्रतिक्रिया