शनिबार, जेठ ५, २०८१

मुगु कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस

मेरोन्यूज २०७९ वैशाख ९ गते २१:३३

मुगु । नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।

Advertisement

शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरी निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाश कुमार शाहीले बताए ।

उक्त मेयर पदका लागि हरिजंग शाही, जयबहादुर हितान, सूर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंह बहादुर मल्ल, विष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, उपमेयरमा कांग्रेसले रामदेवी खड्का, ऐश्वर्य मल्ल, ईश्वरदेवी रावल, खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरको लागि एक–एक जनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि निर्णाथको निम्ति प्रदेश कार्य समितिमा पठाउनु पर्ने बाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रवक्ता शाहीको भनाइ छ ।

प्रतिक्रिया