शनिबार, जेठ ५, २०८१

नेपाल र अमेरिकी सांसदबीच भोलि छलफल हुने

मेरोन्यूज २०७९ वैशाख ९ गते २०:२४

काठमाडौँ । नेपाली सांसद र अमेरिकी सांसदबीचको भोलि छलफल हुने भएको छ । भोलि बिहान ११ बजे दुई देशको सांसदहरूबीच होटल म्यारियटमा छलफल हुने भएको हो ।

Advertisement

नेपाल अमेरिका संसदीय समूहका संयोजक डा. मिनेन्द्र रिजालका अनुसार दुई देशको सांसदबीच भोलि बिहान छलफल हुने भएको हो । यसका लागि अमेरिकाको उच्च स्तरीय संसदीय टोली नेपाल आइपुगेका छन् ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षको अवसरमा उनीहरूले नेपालको भ्रमण गर्ने भएका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क)को नेतृत्वमा टोली नेपाल आइपुगेका हुन् ।

उक्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइट हाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औँ कंग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) आइपुगेका छन् ।

प्रतिक्रिया