शनिबार, जेठ ५, २०८१

प्रकाशमानकी श्रीमती कांग्रेसबाट काठमाडौँ मेयरमा उम्मेदवार बन्ने सहमति

मेरोन्यूज २०७९ वैशाख ९ गते १९:३३
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिका मेयरमा सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनलाई मेयर बनाउने सहमति भएको हो ।

Advertisement

यसबारे औपचारिक निर्णय भोलि बिहान ११ बजे सार्वजनिक हुने बालुवाटार स्रोतले जनाएको छ । काठमाडौँको मेयरको उम्मेदवार बन्ने भएकी र्सिजना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

कांग्रेसले शनिबार बिहान ११ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयन गर्ने भएको छ ।

प्रतिक्रिया