शनिबार, जेठ ५, २०८१

एमाले समुन्द्रदेखि अन्तरिक्षसम्म पुगेको छ : अध्यक्ष ओली

मेरोन्यूज २०७९ वैशाख ९ गते १६:५८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू समुन्द्रदेखि अन्तरिक्षासम्म पुगेको बताएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने क्रममा उनले एमाले समुन्द्रदेखि अन्तरिक्षासम्म पुगेको दाबी गरे ।

Advertisement

‘समुन्द्रसम्म पुग्ने एमाले, अन्तरिक्षमा पुग्ने एमाले, धर्तीको अर्बिट पार गरेर अन्तरिक्षमा न्यायो स्याटेलाइट पठाउने एमाले, अब ठूलो स्याटेलाइट पठाउन आफ्नो स्टेसन तयार गरेर राखिसकेको छ,’ अध्यक्ष अ‍ोलीले भने ।

यस्तै, उनले चुच्चे नक्सा बनाउने पार्टी एमाले नै भएको बताए । उनले भने, ‘हाम्रो भूभाग खोसिएको छ, आफै नक्सा छाप्दाखेरी पनि आफ्नो गुमेको भूभाग फिर्ता चाहियो भन्न नसक्ने त्यसबाट एमालेले नै नक्सा छाप्ने काम गर्यो ।’

यस्तै, उनले जनकपुरमा रेल ल्याउने पार्टी एमाले भएको बताउँदै पछि अरूले उद्घाटन गरेको बताए ।

प्रतिक्रिया