शनिबार, जेठ ५, २०८१

एमालेको संकल्प : जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने

मेरोन्यूज २०७९ वैशाख ९ गते १६:०९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

Advertisement

घोषणापत्रमा एमालेले मूल रुपमा ६ वटा संकल्प समावेश गरेको छ । जसमा एमालेका जनप्रतिनिधिहरू शासक नभई सेवक भएको उल्लेख गरेको छ । यसबाहेक एमालेका संकल्पहरू यस प्रकारका छन् :

१, हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने छन् ।

२, हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने छन् ।

३, हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्ने छन् ।

४, हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।

५, हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

५, हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्‍याउन अग्रण भूमिका खेल्नेछन् ।

प्रतिक्रिया