शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभा विघटन गलत भएको भुलेर नभन्नु : केपी ओली

मेरोन्यूज २०७९ वैशाख ८ गते १८:३७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका सल्लाहकारलाई प्रतिनिधिसभा विघटन गलत भएको अभिव्यक्ति भुलेर पनि नदिन निर्देशन गरेका छन् ।

एमालेका सल्लाहकार परिषद्का कतिपय सदस्यहरुले सरकारमा रहेर संसद विघटन गर्ने काम कमजोरीका रुपमा ओलीले स्वीकार गर्नु पर्ने कुरा यदाकदा पार्टी नेताहरुसँगको भेटमा भन्दै आएका थिए ।

बिहीबार पार्टीको सल्लाहकार परिषद्को बैठकमा ओलीले प्रतिनिधिसभा विघटन किन गर्नु परेको थियो ? भन्नेबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया