मंगलबार, वैशाख ११, २०८१

केकीको ‘सिल्ली फो’ असार ३१ मा प्रदर्शन हुने

मेरोन्यूज २०७९ वैशाख ७ गते ९:२५

काठकाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हो । फिल्मको सार्वजनिक पोस्टरमा चार पुरुषहरुलाई भैंसीमाथि चढेर रमाइरहेको देख्न सकिन्छ, भने अभिनेत्री केकीलाई खुशी मुद्रामा प्रस्तुत गरिएको छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन गरेका हुन् । भने मनोज डिके निर्माता रहेको फिल्ममा केकीका अलावा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम ९केशव०, अम्बर बहादुर विष्ट ९सागर०, सौजन बोहोरा, जयमन बिश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया