सोमबार, जेठ ७, २०८१

निर्मला घिसिङले ल्याइन् नयाँ गीत ‘पिंगाई माया’ (भिडियोसहित)

मेरोन्यूज २०७९ वैशाख ३ गते १४:२७

काठमाडौँ । गायिका निर्मला घिसिङले भिडियोसहितको नयाँ गीत ‘पिंगाई माया’ रिलिज गरेकी छन् । उनले निर्मला घिसिङ युट्यु च्यानलमार्फत उनले नयाँ वर्षको अवसर पारेर रिलिज गरेकी हुन् ।

Advertisement

लोक मार्ग खन्ने काम गरिरहेका कुल्ली पाल्देन र गाउँकै सोझी तामाङ युवती पिंगाई मायाबीचको प्रेम कहानीमा आधारित रहेर उनले नयाँ गीत रिलिज गरेकी हुन् । यो तामाङ भाषाको गीत हो । तामाङ समुदायका विभिन्न परिवेशलाई गीतमार्फत जीवन्त प्रस्तुत गर्ने कोसिस आफूले पिंगाई माया गीतमार्फत गरेको बताएकी छन् ।

‘यो गीतको भिडियोमा हरेक कोणबाट सकेसम्म तामाङ परिवेशका विविध पक्षहरूलाई प्रस्तुत गर्ने कोशिस गरेका छौँ,′ गायिका घिसिडले मेरोन्यूजसँग भनिन्, ‘पिंगाई माया’को सम्पूर्ण टिमको मेहनतका कारणलेनै आज यो म्युजिक भिडियो सम्भव बनेको छ ।′

यो गतिमा गायिका निर्मला घिसिङ र अनिश योञ्जन (च्याङबा)को स्वर छ । वुद्धि तामाड र निराञ्जली लामाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतको शब्द पनि गायिका घिसिङ आफैको रहेको छ । कथा राजु स्यङ्तानको रहेको यसको निर्देशन अजय स्यङ्तानले गरेका छन् ।

काम गर्दै जाँदा नचाहेरै पनि केही कमजोरी भएको हुन सक्ने भन्दै गायिका घिसिङले कमजोरी औल्याइदिएर थप हौसल्ला प्रदान गरिदिनु हुन पनि अपिल गरेकी छन् ।

प्रतिक्रिया