सोमबार, जेठ ७, २०८१

नायिका अधिकारीलाई प्रवल जनसेवाश्री

मेरोन्यूज २०७९ वैशाख १ गते १८:११

काठमाडौँ । अभिनेत्री केकी अधिकारी प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित भएकी छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट सुशोभन भएकामध्ये अभिनेत्री अधिकारी पनि सम्मानित भएकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सम्पन्न सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले अभिनेत्री अधिकारीलाई प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् ।

प्रतिक्रिया