शुक्रबार, चैत १६, २०८०

बाइडेनले भने -पुटिन तानाशाह हुन्

मेरोन्यूज २०७८ चैत ३० गते ६:३१

किभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै पुटिनलाई तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।
यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ ।

प्रतिक्रिया