आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्रीको पहिलो भेटवार्ता विदेशमन्त्री जयशंकरसँग

मेरोन्यूज २०७८ चैत १८ गते २०:०९

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

Advertisement

नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा छन् ।

उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया