बिहीबार, वैशाख १३, २०८१

विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न माग गर्दै र्‍याली

मेरोन्यूज २०७८ चैत १७ गते २१:१८

काठमाडौँ । सरकारले महत्वकांक्षी नीति ल्याए पनि विद्युतीय सवारी साधनको संख्यामा लक्ष्य अनुसारको वृद्धि नभइरहेको बेला इप्पानले हिमालयन हाइड्रो एक्स्पोमा विद्युतीय सवारी साधनको र्‍याली आयोजना गर्न लागेको छ ।

आगामी शनिबार बिहान ७ बजे स्वतन्त्र उर्जा उत्पादक संस्था, नेपला (इप्पान) इप्पानको आयोजनामा काठमाडौँस्थित भृकृटीमण्डपबाट सुरु हुने र्‍याली नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ्क पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ ।

इप्पान उपाध्यक्ष गर्गका अनुसार र्‍यालीमा करिब दुई सय सवारी साधन सहभागी हुने छन् । ‘सरकारको लक्ष्य र अपेक्षा अनुसार विद्युतीय सवारी साधन नबढीरहेको बेला सरकार र सरोकारवाला सबैलाई दबाब दिन र यसको प्रवर्द्धन गर्नका लागि र्‍यालीको आयोजना गरेका हौँ,’ उनले भने ।

र्‍यालीपछि हिमालयन एक्स्पोको उद्घाटन शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया