आइतबार, जेठ ६, २०८१

युक्रनेसँगको शान्ति वार्तामा धेरै आशा गर्न सकिँदैन : रुस

मेरोन्यूज २०७८ चैत १७ गते ६:४२

काठमाडौं । रूसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा गर्न नसकिने जनाएको छ । रूसका प्रवक्ता दमित्री पेस्कोवले रूसल कुराकानीले वार्तामा आशा गर्ने कुनै कुरा नदेखेको बताएका छन् । उनले केही प्रगति भए यसबारे जानकारी दिने उल्लेख गरे ।

Advertisement

यसबीच रूसी सैनिक लुहान्स्कको उत्तर पूर्वी क्षेत्रमा भीषण बमबारी गरिरहेको छ। रूसी सैनिकले उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको छ । तर दोनेत्स्कको क्षेत्रमा अहिले पनि रुसको पकड बलियो हुन सकेको छैन ।

अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा स्थानीय शहरमा तोपको ३५ हमला भएको छ । राजधानी कीएवमा तोपको आवाज आज विहानदेखि लगातार सुनिएको बीबीसीले समाचारमा जनाएको छ । बीबीसी

प्रतिक्रिया