आइतबार, जेठ ६, २०८१

एनआरएनएका तीन अध्यक्षले गरे पदबहाली

मेरोन्यूज २०७८ चैत १४ गते २०:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी र रविना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।

Advertisement

निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरूलाई खादा र माला लगाइदिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारी पनि उपस्थित थिए ।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरू बिहान पशुपति क्षेत्र पुगेर पुजा अर्चना गरेका थिए ।

सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । नवनिर्वाचित तीनै जना अध्यक्षलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राती पद तथा गोपनियताको शपथ दिलाएका थिए ।

प्रतिक्रिया