बिहीबार, वैशाख १३, २०८१

रुस–युक्रेन संकट

जितेर पनि हार्‍यो अमेरिका, स्टालिन शैलीमा अगाडि बढ्दै पुटिन

रमेश कुमार २०७८ चैत ७ गते १७:५४

रुसको तेल नकिन्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरब र यूएईका नेतालाई फोन गरेर सहयोग मागेको छ । उनले इन्धन उत्पादनको कोटा बढाउनसमेत आग्रह गर्ने तयारी गरेका थिए ।

दि बाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनको फोन ती देशका नेताले उठाइदिएनन् । सो जर्नलका अनुसार अमेरिकी राष्ट्रपतिले आफूहरुसमेत मिलेर दानवीकरण गरेको भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पनि सोही आशयका साथ सम्पर्क गर्ने प्रयास गरेको थियो ।

तर, संसारबाट एक्ल्याएको दाबी गरिने रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनले साउदी अरब र यूएईका नेतालाई फोन वार्ता मात्रै गरेनन्, एक अर्काको साथ र सहयोगको राम्रै चर्चा परिचर्चा पनि गरे ।

बाइडेनसँग फोनमा वार्ता गर्नसमेत तयार नभएका साउदी अरबका नेताहरूले रसियाली राष्ट्रपति पुटिनसँग भने मन खोलेर वार्ता गरेको वाल स्ट्रिट जर्नलको दाबी छ ।

किनकी, प्रधान शत्रुविरुद्ध लड्न सहायकहरू मिल्नुपर्छ भन्ने मान्यताको राम्रै विश्लेषण गरेर हुनुपर्छ रुस र साउदी अरबको बीचमा नयाँ टाइअप हुन लागेको छ । खासमा नेटो आबद्ध गठबन्धनमा संलग्न देश, अमेरिका र बेलायतले रसियामाथि अनेकन खालका प्रतिबन्ध लगाएको तथा इन्धन नकिन्ने भन्दै लगाइएको प्रतिबन्धसमेत आफैका लागि भारी भएको छ ।

प्रचार युद्ध र मनौवैज्ञानिक युद्धको बलमा रसियालाई तल लगाउन सकिन्छ भन्ने पश्चिमा सपनासमेत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घुँडा टेकेपछि अब असम्भव जस्तै भएको छ । किनकी, रसियाले राखेका सबै शर्त पूरा गर्न जेलेन्स्की तयार भएको टर्कीमा जारी वार्ताको क्रममा प्रकाशमा आएको छ ।

अमेरिका र बेलायतले इन्धन कारोबारमा प्रतिबन्ध लगाए पनि त्यसको बदलामा भारत, चीन जस्ता देशलाई बिक्री गर्न रसिया तयार रहेको पुटिनले बिहीबार मात्रै सार्वजनिक गरिदिएका छन् ।

समाचार विवरणहरुमा जनाइएअनुसार भेनेजुयलालाई फकाउने अमेरिकी योजनासमेत धुलीसात् भएको छ । मादुरोलाई दानवीकरण गरेर, त्यहाँको अर्थतन्त्र चौपट पार्न अमेरिकाले गरेको साजिसको जवाफ दिने ठाउँमा मादुरो आइपुगेका छन् ।
संकटका बेला रसियाले भेनेजुयलालाई लाखौँ टन गँहु दिएको थियो । आफ्नाहरूलाई जोगाउन रसियाले खेलेको भूमिकाले आज उसैलाई जोगाइरहेको छ । मानिसहरू भन्न थालेका छन्, संकटमा साथ नदिने मित्र पनि के मित्र ।

त्यसो त बेइजिङ र नयाँ दिल्लीको सद्भाव पनि रसियामाथि देखिन्छ । अमेरिका र बेलायतले इन्धन कारोबारमा प्रतिबन्ध लगाए पनि त्यसको बदलामा भारत, चीन जस्ता देशलाई बिक्री गर्न रसिया तयार रहेको पुटिनले बिहीबार मात्रै सार्वजनिक गरिदिएका छन् ।

अमेरिकी प्रशासनले मानव अधिकारको नाम दिएर रसियामाथि गरेको प्रहार चोर औँला अरुलाई देखाउँदा चार वटा औँला आफैलाई देखाए जस्तो सावित भएको छ । अमेरिकाले अफगानिस्तान, इराक, सिरिया, भियतनाम लगायतका देशमा गरेको ज्यादती र चरम मानव अधिकारको तुलनामा रसियाले युक्रेनमाथि गरेको हमला असाध्यै कम रहेको स्वयम् पश्चिमा मिडियाको दाबी छ ।

साउदी अरब, भेनेजुयला जस्ता देशले समेत अमेरिकाको आग्रहलाई अस्वीकार गरिदिएपछि वाइडेन युद्ध हारेका सिपाही जस्ता भएका छन् । सिरियामा अमेरिका संरक्षित लडाकु र चरम पन्थीमाथिको हमलामा रुसले गरेको सहयोगका कारण बसर अल असदको सरकारसमेत रसियाको पक्षमा उभिएको छ । त्यसो त इरानसमेत रसियाको पक्षमा उभिएको छ । संयुक्त राष्ट्र संघमा भिटोको अधिकार भएको रुस र चीनको अप्रत्यक्ष गठबन्धनले पनि अमेरिकी प्रशासनलाई नांगो बनाइदिएको छ ।

नेटोको नाममा अमेरिकी प्रशासनले रोमानियामा शस्त्र अस्त्रसहित अमेरिकी सेना उतारेको छ । त्यसले कुनै पनि जोड बलको काम गर्ने छैन । त्यसो त युक्रेनको राजधानी किभको नाइपर नदीको पूर्वी भागभन्दा बाहेक स्थानमा जेलेन्स्कीको सरकार गिरिसकेको छ ।

जेलेन्सीलाई गलाउने, थकाउने र आफ्नो स्वार्थ पूरा गर्ने । अब क्रमशः युक्रेनको रसियाली भाषामा नाजीवादी सत्ता एकाध दिनको पाहुना जस्तै भएको छ ।

कूल पाँच हजार ७०० मेगावाट बिजुली उत्पादन गर्ने आणविक केन्द्रसहित अन्य पारामाणिक भट्टी रुसको कब्जमा आइसकेको छ । धेरै जसो शहर रुसी आक्रमणमा खण्डहर भएको छ । भाडामा सिपाही र मिलिसियाको बलमा एकाध दिन सत्ता थाप्ने आडमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्सी गलेको र थकित देखिएका छन् ।

पुटिनको युद्ध रणनीति पनि त्यही थियो । जेलेन्सीलाई गलाउने, थकाउने र आफ्नो स्वार्थ पूरा गर्ने । अब क्रमशः युक्रेनको रसियाली भाषामा नाजीवादी सत्ता एकाध दिनको पाहुना जस्तै भएको छ ।

सिरिया हमलापछि विश्व शक्तिको दौडमा पुनः विचरण गरेको रुस साढे ६ हजार आणविक बमको स्वीचसमेत लिएर बसेको छ । अमेरिकाले इराक हान्दा जैविक हतियारको कथित प्रोपोगाण्डा गरेको थियो । त्यस्तै, शैलीमा जेलेन्स्कीले सामाजिक सञ्जालमा राख्ने भिडियोले पनि त्यस्तै प्रोपोगाण्डा बिर्साएको छ ।

युक्रेनी व्यापारीको पपेटका रुपमा हास्य कलाकारबाट राजनीतिको केन्द्र र सत्तामा उदाएका जेलेन्स्कीले घुँडा टेक्दा त्यसको सबैभन्दा बढी प्रभाव अमेरिका र बेलायतलाई परेको छ । एकातिर युरोपमा युद्ध नभड्कियोस् भन्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अर्कोतर्फ रसियालाई उत्तेजित पार्न लागेको छ ।

नेटोमा आबद्ध देशहरुले अमेरिकाले इन्धन कारोबारमा प्रतिबन्ध लगाए पनि आफूहरु त्यसका लागि तयार नभएको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमयानुल म्याक्रोनले अमेरिकाले भनेकै भरमा कुनै विकल्प नै नखोजी रुसको इन्धन किन्दिन र ग्यास ल्याउदिन भन्न आफूहरु नसक्ने सार्वजनिक रुपमा नै बताएका छन् । जर्मनीका चान्सलर एवम् युरोपका अन्य देशले समेत अमेरिकाको लहैलहैमा लाग्दा आफूहरुको अर्थतन्त्र डामाडोल हुने बताइसकेका छन् । युद्ध थामिने संकेत पाएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत थामिने संकेतहरु मिलेको छ ।

युरोपमा ग्यासको मूल्यमा बढेको मूल्य तथा विश्व बजारमा इन्धन संकटको लक्षण देखिन थालेपछि अब सबैका लागि गर कि मरको अवस्था सिर्जना भएको छ । नेपालको समेत हरेक भान्छामा युक्रेन संकटको असर परिसकेको छ । यसले विश्वव्यापी रुपमा आक्रोश बढ्ने निश्चितप्राय भएको छ ।

त्यसो त इरानलाई फकाएर तेल बजारमा लैजाने अमेरिकी चाहना पनि तत्काल रुसका कारण सम्भव नहुने देखिएको छ । इरानको एउटा पक्ष रुस भएकाले ऊसँगको सहमति जरुरी रहेको आणविक वार्ताकारहरुलाई बताइसकेको छ । इरानसँग रुस फ्याक्टर जोडिदा युद्ध जितेर पनि पराजित योद्धा जस्तो अमेरिका भएको छ ।

अमेरिकी बजारमा इन्धनको मूल्य वृद्धि भएको छ । आफ्नो भण्डारको तेल नचलाउने, बरु विदेशबाट आयात गरिने भनिएको इन्धनको मूल्य तथा कच्चा तेलमा नै हुने मूल्यवृद्धिका कारण पर्ने प्रभावका कारण अमेरिकामा असन्तोषको लहर बढेको छ ।

महाशक्ति दाबी गर्नेलाई नै कोही कसैले नटरेको अवस्थामा अब डलरमार्फत विश्वभर सत्ता चलाउने अमेरिकी सपना कुण्ठित भएको छ । त्यसो त युद्धको शुरुवात हुनुभन्दा धेरै अगाडिदेखि नै तयारी गरेको रसियाले तत्काल मनोवैज्ञानिक दबाब झेल्नु परे पनि त्यसको सबैभन्दा बढी असर अमेरिकालाई नै पर्ने देखिएको छ ।

अमेरिकी बजारमा इन्धनको मूल्य वृद्धि भएको छ । आफ्नो भण्डारको तेल नचलाउने, बरु विदेशबाट आयात गरिने भनिएको इन्धनको मूल्य तथा कच्चा तेलमा नै हुने मूल्यवृद्धिका कारण पर्ने प्रभावका कारण अमेरिकामा असन्तोषको लहर बढेको छ । शान्तिका लागि भन्दै अफगानिस्तानबाट सेना फर्काएको अमेरिकाका लागि युक्रेनमा प्रत्यक्ष लड्न जानु पनि नैतिक र कानूनी हिसाबले कसरी मिल्न सक्छ र ?

विश्वभर कारोबारका लागि महत्वपूर्ण मानिएको स्वीफ्टको विकल्पमा रसियाले नै तयार पारेको एसपीएफएसका कारण रुसी अर्थतन्त्रलाई कुनै प्रभाव नपर्ने देखिएको छ । रुसले आफ्नो घरेलु पेमेन्टमा त्यसैको प्रयोग भएको छ ।

युद्धमा जाँदा पक्कै पनि रुस र युक्रेनको क्षति भएको छ । तर, रसियाको संस्थापनाको रुपमा रहेको युक्रेनमाथि लडाई दाजु भाइको झगडा भन्दा बाहिर नजाने देखिएको छ । एक न एक दिन स्वार्थ मिल्ने र पश्चिमा र अमेरिका भने बाटोको मादल बन्ने विवरण स्वयम् अमेरिकी सञ्चार माध्यमको दाबी छ ।

रसियाले सन् २०१४ मा नै स्वीफ्टको विकल्पमा एसपीएफएस तयार पारेको थियो । किनकी, क्रिमियामाथिको हमला र जितपछि आफूहरुमाथि पर्ने प्रभावको असरका बारेमा रुस जानकार नै थियो ।

रसियाली भुक्तानी प्रणालीमा ४०० भन्दा बढी वित्तीय संस्था जोडिएका छन् । यस्तै विभिन्न एपमार्फत पनि कारोबार भइरहेको छ । त्यसो त चिनियाँ भुक्तानी प्रणालीको समेत रसियाले उपयोग गरिरहेको छ । शितकालीन ओलम्पिकको पाहुना बनेर बेइजिङ पुगेका पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपीङको खुसामदको परिणाम पनि युक्रेन प्रकरण भएको तथ्य कोही कसैबाट छिपेको छैन ।

युक्रेन लडाईमा रुसले २१ औं शताब्दीको प्रविधि नै प्रयोग गरेको छैन । जुन दिनदेखि रसियाले अत्याधुनिक प्रणाली प्रयोग गर्न थाल्छ, युक्रेनको खारकिभ, मरियापोल शहरको जस्तै हालत किभको पनि हुनेछ ।

मनिसहरुलाई लाग्न सक्छ, युक्रेनमा पुटिनको हार भयो । तर, तथ्यहरु भन्छन्, युक्रेनमाथि हमला नभनी विशेष सैन्य अभियानको नाम दिएको रुसले हरेक मोर्चा जितिरहेको छ । तर, प्रश्न उठ्छ त्यसो भए किभमाथि किन आक्रमण भएन र किन जित दर्ज गरिएन भन्ने प्रश्न पनि उठन सक्छ ।

युक्रेन लडाईमा रुसले २१ औं शताब्दीको प्रविधि नै प्रयोग गरेको छैन । जुन दिनदेखि रसियाले अत्याधुनिक प्रणाली प्रयोग गर्न थाल्छ, युक्रेनको खारकिभ, मरियापोल शहरको जस्तै हालत किभको पनि हुनेछ । किनकी, हालसम्म परम्परागत रकेट, मोर्टार र मिसाइल हमला मात्रै रसियाले गरिरहेको छ । त्यो क्रमशः बढेर अगाडि बढेको सन्दर्भमा युक्रेनको किभका भेला भएका भाडाका मिलिसिया एकाध हमलालाई नै साइड लाग्ने छन् ।

किनकी, उचालेको कुकुरले मृग मार्न सक्दैन भन्ने तथ्य स्पष्ट भइसकेको छ । नागरिकको क्षति नहोस् भन्ने चाह राखेर मात्रै हमला नगरिएको पनि रुसी भनाइ छ । मारियापोल, खारकिभ जस्तै अन्य शहरमा गरिएको हमला किभमा हुने हो भने युक्रेनको प्रतिरक्षा प्रणाली पनि एकाध मिनेटको रामरमिता भन्दा फरक देखिने छैन ।

किनकी एसल्टमा चेचेन लडाकू परिचालित छन्, रसियाको । संसारकै सबैभन्दा राम्रो युद्धकला चलाउन सक्ने क्षमताको चेचेन लडाकुका सामु युक्रेनको मिलिसिया एकाध मिनेटमा नै आत्मसमर्पण गर्ने स्थानमा पुग्ने छन् ।

त्यसो त रसियाले एकाध दिन संकटमा परे पनि आफ्ना नागरिकलाई संयम रहन र देशको आवश्यकताको ख्याल गर्न आग्रह गरेको छ । स्टालिनपछि सबैभन्दा शक्तिशाली दहरिएका पुटिनले भन्ने गरेको रसियाली सार्वभौम सत्ताविरुद्ध जानेलाई धुलीसात् पारेर छाडिन्छ भन्ने भनाई आफैमा महत्वपूर्ण रहेको छ । आखिर रुसले के गर्न चाहिरहेको छ भन्ने बारेमा स्वयम् पश्चिमाले समेत केही भेऊ पाएका छैनन् ।

यसो त सबैभन्दा बलियो गठबन्धन मानिएको नाटो समेत युक्रेनी राष्ट्रपतिको नो फ्लाइट जोनको माग सम्बोधन गर्न तयार भएन । यदि त्यस्तो घोषणा भएको भए रुस र पश्चिमाको लडाई नयाँ चरणमा प्रवेश गर्ने र तेस्रो विश्वयुद्धको घोषणा हुने थियो ।

भ्रष्टाचार, अनियमितता र ओली शैलीको रवाफका कारण दिक्क भएका युक्रेनीले छानेका राष्ट्रपति जेलेन्सीले जसरी युक्रेनलाई तसहनहस बनाउन लागिपरे, त्यो आफैमा अर्को दिक्दारी भएको छ ।

मानिसहरुले सोचे जस्तै आणविक शक्ति सम्पन्न देशको बीचमा हुने लडाईको मारमा संसारका धेरै निहत्था नागरिक पर्ने थिए । त्यसो त रिसको झोकमा । रसियाली राष्ट्रपति पुटिनले आणविक बमको बटन खोल्नु नपरोस् समेत भन्न भ्याएका थिए ।

कृष्णसागर वरीपरी कुटायएका पनडुब्बीमा एक बटन दाब्ने बित्तिकै यूरोपमा पर्ने चर्को दबाव आफैमा विनाशको अर्को युग बन्ने देखिन्थ्यो ।

कोलोमाइस्कीको योजनामा अगाडि बढेका र उनैका लगानीमा पारोशेन्कोलाई पछार्न लाग्दा जेलेन्स्की कागतालीले युक्रेनको बागडोर सम्हाल्न आइपुगे । संसार खाएर खाग भएका पुटिनका सामु, सन् २०१९ मा शक्तिमा आएका जेलेन्सी साह्रै फुच्चे प्रतित भएको छ ।

भ्रष्टाचार, अनियमितता र ओली शैलीको रवाफका कारण दिक्क भएका युक्रेनीले छानेका राष्ट्रपति जेलेन्सीले जसरी युक्रेनलाई तसहनहस बनाउन लागिपरे, त्यो आफैमा अर्को दिक्दारी भएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले समेत मान्यता दिएको मिन्स्क सम्झौता मान्दिन, युक्रेनलाई यूरोपेली संघको सदस्य बनाउँछु, नाटोमा आवद्ध हुन्छु भन्ने जेलेन्सीको घोषणा आफैमा प्रत्युत्पादक बनेको छ । सो जिद्दीले नै आज झण्डै २० लाख युक्रेनी नागरिक घरबास छाडेर अनिश्चित भविष्यको यात्रामा निस्केका छन् ।

घरबार ध्वस्त भएपछि ज्यान जोगाउन लालाबाला रुवाउँदै विदेशी भूमिममा पुगेका युक्रेनीलाई अब कुन विश्वास दिउारु घर फर्काउने हो भन्ने चिन्ता सबैभन्दा अह्म बनेको छ ।

खासमा युद्ध कुनै पनि राम्रो मानिदैन । मानवीयतासँग गरिने सौदा आफैमा आपराधिक गतिविधि भन्दा माथि उठ्न सक्दैन ।
जर्मनी र फ्रान्सले मात्रै मानिदिएको भए जेलेन्स्कीको जिरह सफल हुने देखिन्थ्यो । तर, आफ्नै खुट्टामा बञ्चरो हानेर ती देश विवादास्पद कुरामा अगाडि बढ्न नै नचाहेको जस्तो देखिन्छ । रुससँग भिडन्त गर्न उनीहरु तयार छैनन् । किनकी, त्यसको असर कस्तो पर्छ भन्ने कुरा बर्लिनको पर्खाल बन्दा जर्मनीको राम्ररी भोगेको छ ।

त्यसो त फ्रान्स पनि त्यसमा भुक्तभोगी नै छ । टर्कीले कुन हदसम्मको प्रयास गर्दा समेत नपाएको यूरोपेली संघको सदस्यता सहजै युक्रेनलाई दिइन्छ होला भन्ने मत राख्नु पनि आफैमा अर्को जिरह मात्रै बन्न जान्छ ।


सबै प्रतिरक्षा प्रणाली ध्वस्त भएको रसियाली सेनाका छिटफुट बाहेक प्रतिकार गर्न नसकेको तथा पश्चिमा मिडियाको मनौवैज्ञानिक प्रचारयन्त्रमा फसेर युक्रेनले जुन खालको गल्ती गरेको छ, त्यसको नतिजा खण्डहर बनेका बस्तीले नै देखाइरहेको छ ।

युद्ध निर्मम हुँदा हुँदै पनि रसियाले जितेको छ र अमेरिका र नाटो गठबन्धन युक्रेन मामिलामा काम नलाग्ने म्याद सकिएको औषधी जस्तै भएको छ ।

जेलेन्स्कीले जुन कुरा ढिलै भएपनि स्वीकार गरेका छन्, यसबाट अब युक्रेन रुसको माग सम्बोधन गर्ने अवस्थामा पुगेको देखिन्छ । प्राकृतिक स्रोतका कारण कसरी सक्षम बन्न सकिन्छ भन्ने उदाहरण रुसले देखाएको छ । अमेरिकाले रुसको १ प्रतिशत मात्रै इन्धन लाने भएपनि विश्व बजारमा पर्ने प्रभावका कारण सबै खालका नाकाबन्दी अब केवल एकाध दिनको लागि समाचारको हेडलाइन भन्दा अरु खासै केही नहुने स्पष्ट भएको छ ।

अमेरिका, नाटो गठबन्धन र यूरोपेली संघले वास्तवमै युक्रेनलाई साथ दिन्थ्यो भने सार्थक सहयोग पनि हुन्थ्यो । तर सार्थक सहयोग नै गर्नु थिएन भने उनीहरुले किन युक्रेनलाई उचाले र मझदारमा हेलेर किन बाहिर बसेर रमित बने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ । युक्रेन प्रकरणले अमेरिका, यूरोपेली संघ र नाटोको विश्सनीयता र हैसियत समेत धुजाधुजा भएको छ ।

युद्ध निर्मम हुँदा हुँदै पनि रसियाले जितेको छ र अमेरिका र नाटो गठबन्धन युक्रेन मामिलामा काम नलाग्ने म्याद सकिएको औषधी जस्तै भएको छ । सानो देशलाई ठूला भनिएको सैन्य गठबन्धनले कुनै पनि अर्थमा सहयोग गर्दैनन् भन्ने भाष्य पनि निर्माण भएको छ ।

युक्रेन युद्धले स्थापित गरेको अर्को तथ्य हो, दक्षिण चिनियाँ सागर तथा हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाले तयार पार्न खोजेको गठबन्धन समेत अब काम नलाग्ने र भरोसा नभएको गतिविधिमा परिणत भएको छ ।

किनकी, अब कमजोर र साना देशले अमेरिकाले भनेको मानेर युक्रेन बन्ने दुस्साहस गर्ने छैनन् । त्यसबाट सबैभन्दा ठूलो हार कस्को भयो त भन्ने समेत स्पष्ट भएको छ । बाल स्ट्रिट जर्नलमा भनिए जस्तै बाइडेन प्रशासन आफ्नै कारणले रणनीतिक मामिलामा रुसका अगाडि फुच्चे सावित भएको छ ।

किनकी, कुनै हठी शासकलाई उचालेर त्यत्तिकै छाड्दा त्यसको नतिजा के हुँदो रहेछ भन्ने जेलेन्स्कीले देखाएको व्यवहारले नै पुष्टि गरेको छ । जो बाइडेनको फोन नउठाउने साउदी अरबका शासकले किन पुटिनको फोन उठाए र घण्टौ सम्वाद गरे भन्ने कुराले पनि धेरै कुराको माने राख्छ । अब जिज्ञासा छ – के युक्रेन लडाईमा कस्को जीत भयो र कस्को हार भयो त ।

उत्तर सहज छ, लालाबाला जोगाउन रुँदै घरबार छाडेर हिडेका युक्रेनी शरणार्थीको पीडामा मल्हम कस्ले कसरी लगाउँछ , सोही कुराले नै जीत हारको निर्धारण गर्छ । घरबार खोसिएका, बाबुआमा खोसिएका, जिद्दी शासकको जिरहका कारण भोक भोकै विदेशी भूमिमा ज्यान जोगाउन दौडेका युक्रेनीको दुखको मनमा कस्ले मल्हमपट्टी लगाउँछ । जीत हारको हरेक फैसला अब उनीहरुले नै गर्नेछन् । न कि वाइडेन, पुटिन र जेलेन्स्कीको हातमै छ फैसला ।

प्रतिक्रिया