सोमबार, जेठ ७, २०८१

पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै

मेरोन्यूज २०७८ चैत ४ गते १३:२३

काठमाडौं । अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । बलात्कारको आरोपमा गत फागुन १५ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो । उक्त दोस्रो पटक थप गरिएको १२ दिनको म्याद आज सकिदैछ ।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् । अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

प्रतिक्रिया