सोमबार, असोज १५, २०८०

मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि

मेरोन्यूज २०७८ चैत ४ गते ७:५०

काठमाडौं । आज (शुक्रबार) तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । बिहिबार (हिजो ) हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो ।

हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तरगृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ ।

प्रतिक्रिया