सोमबार, असोज १५, २०८०

रुस युक्रेन युद्धबारे बाइडेनले आज सीसँग कुरा गदैं

मेरोन्यूज २०७८ चैत ४ गते ७:२९

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग रुस–युक्रने संघर्षबारे कुरा गर्ने भएका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बिहीबार वक्तव्य जारी गर्दै बाइडेनले शुक्रबार सीसँग कुरा गर्ने जानकारी दिएकी हुन् ।

केही दिनअघि अमेरिकी अधिकारीहरूले रुसले चीनसँग युक्रेन युद्धमा सहयोग मागेको दाबी गरेका थिए । तर चीनले भने उक्त कुरा गलत भएको भन्दै अमेरिकाले प्रचारबाजी मात्रै गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया