सोमबार, असोज १५, २०८०

जापानी प्रधानमन्त्री भारत आउने

मेरोन्यूज २०७८ चैत ३ गते २१:२७

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् । दुई दिने भ्रमणका लागि उनी भारतको संघीय राजधानी नयाँ दिल्ली आउने भएका हुन् ।

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान वार्षिक सम्मेलनमा सहभागीता जनाउने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका हुन् । हरेक वर्ष आयोजना गरिने भारत—जापान वार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।

अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए । भारत र जापानबीच बहुपक्षीय सम्बन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया