होली खेल्ने क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते
मेरोन्यूज
२०७८ चैत ३ गते २०:१८
काठमाडौँ । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा बडिमालिका नगरपालिका ८ का अन्दाजी २३ वर्षीय भरत थापा रहेको प्रहरीले जनाएको छ । घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने पहिचान खुलेको छैन ।
सम्बन्धित
प्रतिक्रिया