सोमबार, असोज १५, २०८०

पर्सामा ६५ किलो गाँजा बरामद

मेरोन्यूज २०७८ चैत ३ गते १९:५८

काठमाडौँ । पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको ६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ ।

तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया