सोमबार, असोज १५, २०८०

अमेरिकी सेना आए लड्न तयार छौँ : गृहमन्त्री खाँड

मेरोन्यूज २०७८ चैत ३ गते १९:०८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् । अनुदानका कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले यस्तो भए आफू अग्रपंक्तिमा बसेर लड्न तयार रहेको बताए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा १२ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।

उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्ण रूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए । ‘वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’

उनले सरकार व्यवसायी मैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उनले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए ।

प्रतिक्रिया