सोमबार, असोज १५, २०८०

यस्ता छन् निर्वाचनमा सञ्चार माध्यमले पालना गर्नु पर्ने नियम

मेरोन्यूज २०७८ चैत ३ गते १८:५४

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग गर्न दिने भएको छ । तर, आयोगले निर्वाच आचारसंहिता जारी गर्दै यसलाई नियमन गर्ने भएको छ ।

निर्वाचन आचारसंहिताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारले पालना गर्नु पर्ने आचरण सार्वजनिक गरेको हो । आयोगले सञ्चार माध्यमबाट राजनीतिक दलले एकपटकमा एक मिनेटभन्दा लामो प्रशारण गर्न नहुने जनाएको छ ।

त्यस्तै पत्रिकामा पनि आयोगले जारी गरेको साइजअनुसार प्रकाशित गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया