सोमबार, असोज १५, २०८०

मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

मेरोन्यूज २०७८ चैत ३ गते १८:२१

काठमाडौँ । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगर १८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

पिलुवा–कलैया सडक खण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो ।

उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया