फरार आरोपित साह कारागार चलान
मेरोन्यूज
२०७८ चैत ३ गते १६:४२
काठमाडौँ । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिवाना तिराई कारागार चलान गरेको हो । राजविराज नगरपालिका ७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिवाना र एक महिना चार दिनको कैद सजाय फैसला गरेको थियो ।
फैसलापछि प्रतिवादी फरार रहेका थिए ।
सम्बन्धित
प्रतिक्रिया