सोमबार, असोज १५, २०८०

नेकपा एसद्वारा सबै प्रदेशमा अनुगमन टोली खटाउँदै

मेरोन्यूज २०७८ चैत ३ गते १६:२०
फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनअघि संगठनको पहिचान गर्न सबै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।

जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ ।

अनुगमन टोलीले सबै स्थानीय तहको रिर्पोटिङ, पार्टी संगठनको वास्तविक परिस्थितिलगायत विषयको सूचना संकलन गर्ने छ ।

प्रतिक्रिया