दुई जनालाई मरणोपरान्त सम्मान
मेरोन्यूज
२०७८ चैत ३ गते १५:५४
काठमाडौँ । भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी संघका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ ।
संघद्वारा आज आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले माध्यामिक शिक्षा परीक्षा (एसइई)देखि स्नातक तहसम्मको उत्कृष्ट अंक ल्याउने तथा चित्रकलामा राम्रो दख्खल राखेका ६ जना विद्यार्थी र पाँच ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा मारवाडी भाषाबाट विभिन्न गीत, नृत्य, नाटक र कवितालगायत बृहत् सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया