एमालेसँग गठबन्धन गर्ने -नगर्ने कांग्रेसको व्यवहारमा भर पर्छ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवार्चनमा तालमेल गर्ने विषयमा मुख्यव्यक्तित्वमा विमति नदेखिएको बताएका छन् ।
बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आवश्यकता अनुसार गठबन्धनलाई तालमेलमा गदै जाने बताएका हुन् । उनले भने,‘संविधानमाथी घात गर्ने कोशिश अहिले पनि भइरहेको उनको भनाई छ ।
प्रचण्डले तत्काल एमालेसँग गठबन्धन गर्ने सम्भावना नरहेको भए पनि त्यो हुदै हुदैन भन्ने अवस्था नरहेको बताए ।
‘मैले पहिला पनि भन्दै आएको छु,राजनीति सम्भावनाहरूको खेल हो । त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,’ प्रचण्डले भने, ‘एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भर पर्छ। अहिले केही कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ।’
केही नेताहरूले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारूढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उनले बताए।
‘हामी सबै दल आ -आफ्नै एजेन्डा लिएर चुनावमा जाने कुरा प्राथमिक हो। गठबन्धनका दलहरूबीच तालमेल गर्ने कुरा सेकेन्डरी हो। सबै ठाउँमा हुँदैन, कुनै कुनै ठाउँमा हुन पनि सक्छ,’ प्रचण्डले भने।
उनले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने बेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेट उल्लेख गर्दै ओलीमा अझै पनि निषेधात्मक सोच रहेको बताए।
‘हामी त देशलाई अप्ठेरो पर्दा सबैसँग तितो-मीठो जे भए पनि कुरा गर्नुपर्छ भन्ने मान्छे पर्यौं,’ प्रचण्डले भने,‘ओली त अझै पूर्वाग्रही र निषेधात्मक रहेछन्। किन कुरा गर्न आइएछ जस्तो पारे।’
प्रतिक्रिया