सोमबार, असोज १५, २०८०

एनआरएनए महासचिव पदका उम्मेदवार :

विनय अधिकारीको यात्रा: विनाशकारी भुकम्प देखि कोभिडको महामारीसम्म सहयोग

मेरोन्यूज २०७८ चैत ३ गते १०:०७


काठमाडौं । गैर आवासी नेपाली संघको अन्तराष्ट्रिय समन्वय समितिको निवार्चनमा महासचिव पदक लागि विनय अधिकारीले उम्मेदवारी दिएका छन् । उनले यही मार्च २४ र २५ गते हुने निवार्चनमा महासचिव पदमा उम्मेदवारी दिएका हुन् । अधिकारीले रविना थापाको समुह मार्फत महासचिव पदमा ऊमेद्ववारी दर्ता गरेका हुन् । आफु संघको महासचिव पदमा निर्वाचित भएर संघ मार्फत देश को विकाश र समृद्धीमा एउटा ईट्टा थप्नुका साथै गैर आवासिय नेपालीहरुको हक र अधिकारका लागी आफु निरन्तर लाग्ने उनी बताउँछन् ।

को हुन अधिकारी
स्थायी घर गोरखा भएका अधिकारी हाल बेलायतमा व्यसाय गदै आएका छन् । अधिकारीले व्यवसाय, पत्रकारिता देखि लामो समय एनआरएनए अभियानमा आफुलाई संक्रिय बनाउँदै आएका छन् ।
अधिकारी प्रवासी गोरखालीहरुको साँझा संस्था ग्लोबल गोरखा समाजको अध्यक्ष समेत हुन् । अधिकारीको ऊम्मेदवारीलाई विश्वभर छरिएर रहेका समग्र गोरखालीहरुले प्रतिष्ठानको विषयको रुपमा समेत लिएको बताइन्छ ।
एनआरएनए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्याल, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकाल एनआरएनए कोरियाका निवर्तमान ऊपाध्यक्ष यदु लामिछाने, एनआरएनए बेलायतका ऊपाध्यक्ष शकुन्तला गुरुङ बेलायतका सचिव ज्ञानेन्द्र आले मगर देखि युवा अन्तराष्ट्रिय व्यवसायीहरुको संजाल फिने हङकङका अध्यक्ष आकाश बन्जारा लगाएत विभिन्न देशमा रहेका गोरखाली एनआरएनए अभियान्ता देखि गोरखा समाजहरुको आफुलाई रहेको अधिकारी बताउँछन् ।
हाल सम्म विश्वका २९ वटा देशमा गोरखा समाज रहेकोले समेत विश्वभर रहेका गोरखालीहरुले अधिकारीको पक्षमा साथ र सहयोग जुटाऊदै आएको पाईन्छ।
त्यसैगरी, संघका पुर्व अध्यक्ष भवन भट्ट (जापान), हालका अध्यक्ष कुमार पन्त (जर्मन) एनआरएनएका संरक्षक राम प्रताप थापा (जर्मन), एनआरएनएका विधान समिति सदस्यका रहेर काम गरेको अनुभव अधिकारीलाई छ । महासचिवका अर्का प्रत्यासी गौरबराज जोशी भन्दा अधिकारी बलिया उम्मेदवार मानिन्छन् ।

अधिकारीले भुकम्पको समयमा देशका विभिन्न ठाँऊमा रहेका विपन्न परिवारहरु लाई राहत वितरण गर्नुका साथै चितवनको ईच्छाकामना गाँऊपालिकाको चेपाङग बस्तीका ६०० घरधुरि परिवारलाई समेत राहत वितरण गरेका थिए ।

अधिकारीको नेतृत्वमा रहेको ग्लोबल गोरखा समाजले कोभिड १९ को महामारीको समयमा गोरखा जिल्लाका ११ वटै स्थानिय तहमा तिन चरण गरी करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री वितरण भएको थियो । उक्त राहत वितरणमा अधिकारी आफै फिल्डमा खटिएका थिए ।

महामारीको समयमा प्रथम चरणमा गोरखाका ११ वटै स्थानिय तहमा १- १ लाख बराबरको माक्स,पिपिई,थर्मलगन र दोस्रो चरणमा गोरखा समाज जापान संगको सहकार्यमा अक्सिमिटर, माक्स,एन्टिजेनकिट र तेस्रो चरणमा ४० थान अक्सिजन कन्सलटेटर वितरण गरेको विषय हाम्रो सम्पर्कमा जिल्ला समन्वय समिति गोरखाका सभापती अशोक कुमार गुरुङले जानकारी दिए ।

अधिकारीले आफ्नो ऊम्मेदवारी संस्थाको गरिमा जोगाउनका लागि भएको बताए । आफु कुनै पनि राजनितिक भागबण्डामा नलाग्ने र विशुद्ध ढंगले आम गैर आवासिय मतदाताहरुको मत आफ्नो पक्षमा रहने उनको भनाई छ ।

उनका अनुसार उनले सामाजिक संजाल मार्फत एनआरएनए अग्रज अभियान्ता देखि सम्पु्र्ण प्रतिनिधिहरु लाई आफुहरुले अगाडि सारेको पक्षले मात्र अहिले संघमा देखिएका व्यथितिहरुको अन्त्य गर्न सक्ने भएकोले कुनै पनि भ्रममा नपरी अध्यक्षका प्रत्यासी रविना थापाको टिमलाई मतदान गर्न अनुरोध गरे ।

प्रतिक्रिया