सोमबार, असोज १५, २०८०

आज हाेली, माैसम कस्ताे छ ?

मेरोन्यूज २०७८ चैत ३ गते ८:००

काठमाडौं । आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् होली पर्व सुरु भएको छ । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा होली पर्व मनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष होलीमा मौसम सामान्य रहेको छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने मौसम सफा नै रहने आँकलन गरिएको छ ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू९भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

प्रतिक्रिया