१० दिनदेखि बेपत्ता वृद्धको शव फेला
मेरोन्यूज
२०७८ चैत २ गते २१:४५
काठमाडौँ । गत १० दिनदेखि हराएका एक वृद्धको शव फेला परेको छ । गोरखा नगरपालिका १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा आज भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए ।
गत फागुन २३ गते बिहानदेखि घर परिवारबाट सम्पर्कविहीन भएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीको भनाई छ । न्यौपानेको शव सडेको अवस्थामा फेला परेको र घटना स्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए ।
मृतक न्यौपाने मानसिक रोगी भएको र नियमित रूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उनको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया