भ्रष्टाचारको अभियोगमा वडाध्याक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७८ चैत २ गते २०:३०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष कुर्मीसहित कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेलविरुघ मुद्दा दायर भएको हो । उनीहरूले वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिसमा राजश्व हिनामिना गरेको पाएको हो ।
उनीहरूले एक लाख २ हजार ५८५ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया