सोमबार, असोज १५, २०८०

पर्यटन मन्त्रीसँग एडिबीका महानिर्देशकको भेट

मेरोन्यूज २०७८ चैत २ गते २०:१२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंक (एडिबी)का महानिर्देशक केनिची योकोयामाले आज भेटवार्ता गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपालको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका नयाँ परियोजना बनाउने सम्बन्धमा विचार विमर्श भएको थियो । महानिर्देशक योकोयामाले बैंकले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिए ।

मन्त्री आले र महानिर्देशक योकोयामाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको स्तरोन्नति तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि कुराकानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया