होलीको अवसरमा नेपाल टेलिकमको ‘अफर’
मेरोन्यूज
२०७८ चैत २ गते १८:०५

काठमाडौँ । देशभर मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने छ ।
अफरअन्तर्गत ६९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस अनलिमिटेड डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जीबी डाटा र २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा उपलब्ध हुने छ । यसका लागि स्टार १४१५ स्टार ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी खरिद गर्न सकिन्छ ।
नेपालीको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने छ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया