सोमबार, असोज १५, २०८०

नेपालले पीएनजीविरुद्ध बनायो कीर्तिमानी रन

मेरोन्यूज २०७८ चैत २ गते १७:५७

काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले कीर्तिमानी शतकीय साझेदारी गरेको छ । क्रिकेटर रोहितकुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय प्रहार गरेका हुन् ।

कूल २०५ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको नेपालले पाँचौँ विकेटका लागि रोहित र आरिफले शतकीय साझेदारी गरेका छन् । यो नेपालका लागि एक दिवशीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको बनाएका थिए । जारी खेलमा कुशल भुर्तेल (१), ज्ञानेन्द्र मल्ल (४), दीपेन्द्र सिंह ऐरी (८) र आसिफ शेख (१६) आउट हुँदा ४२–४ को स्थितिमा पुगेको थियो ।

लगत्तै रोहित र आरिफले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका थिए । जसका रोहित ५८ रन बनाएर आउट भए । उनले ८२ बलमा ४ चौका प्रहार गरे । अब नेपाललाई जितका लागि १३ ओभरमा ६२ रन आवश्यक छ ।

प्रतिक्रिया